काठमाडौं – माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो ।
पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए । २०६४ सालबाट संसदीय यात्रा सुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए ।
पुरानो गठबन्धनका बेला गृहमन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउने माओवादीको तयारी छ । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।