काठमाडौं – चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्येष्टि गरिएको हो ।
एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया उनी यही फागुन १२ गते बिहान कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
उनको बलात्कार पछि हत्या भएको परिवारले आरोप लगाएका थिए । तर पोख्रेलको पोस्टमार्टम रिपोर्टले भने उनको बलात्कार नभएको देखाएको छ थियो ।
घटनाको अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरिसकेको छ ।