Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025

काठमाडौं – विश्वको सबैभन्दा अग्लो पुरुष र विश्वकी कम उचाई रहेकी महिलाको भेट भएको छ । विश्वका अग्ला पुरुष टर्कीका ४१ वर्षीय सुल्तान कोसेनले मंगलबार भारतकी ३० वर्षीया ज्योति अमागेलाई भेटेका छन् । सुल्तानको उचाइ ८ फिट २८ इन्च रहेको छ भने ज्योति २ फिट ७ इन्च अग्लो छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दुवैको यो दोस्रो भेट क्यालिफोर्नियामा भएको हो । यसअघि दुवै सन् २०१८ मा सँगै देखिएका थिए । मंगलबारको भेटपछि दुवैले फोटो सेसनमा भाग लिएका थिए । दुवैको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखिएको छ ।

‘द इन्डिपेन्डेन्ट’ को रिपोर्टका अनुसार सन् २००९ मा सुल्तानको नाम विश्वकै सबैभन्दा अग्लो व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको थियो । त्यसयता उनको उचाइ २ इन्चले बढेको छ । सुल्तान पेसाले किसान हुन् । उनी टर्की बाहेक अन्य भाषा बोल्न सक्दैनन् । अर्कोतर्फ ज्योति हिन्दी, मराठी र केही हदसम्म अंग्रेजी बोल्न सक्छिन् । सुल्तान र ज्योतिले क्यालिफोर्नियामा सँगै ब्रेकफास्ट गरेको र त्यसपछि केहीबेर मिडियासामु पोज दिएका थिए ।यसअघि दुवैको पहिलो भेट २०१८ मा इजिप्टमा भएको थियो । चिकित्सा विज्ञानका अनुसार सुल्तानको उचाइलाई सामान्य भन्न मिल्दैन । चिकित्सकीय हिसाबले उनी एक्रोमेगालीबाट पीडित छन् । यो पिट्यूटरी ग्रन्थी मा एक ट्युमर को कारण हो । यो ट्युमरले ग्रोथ हर्मोनलाई सामान्य रहन दिँदैन र यो सन्तुलनमा गडबड हुँदा गिगेन्टिज्म प्रक्रिया हुन्छ र जसका कारण उचाइ सामान्यभन्दा धेरै छिटो बढ्छ ।

२०११ मा सुल्तान भर्जिनिया विश्वविद्यालयको मेडिकल सेन्टर पुगेका थिए । यहाँ उनको उपचार भयो र त्यसपछि उनको उचाइ बढ्न छाड्यो । सुल्तानको नाडी र बीचको औंलाको बीचमा ११.२२ इन्चको दुरी छ । उनीसँग विश्वको सबैभन्दा ठूलो हत्केलाको कीर्तिमान पनि छ । यसबाहेक, उनका औंलाहरू पनि सबैभन्दा ठूलो छन् । उनको उचाइ १ फिट २ इन्च छ । ज्योतिको उचाइ सुल्तानको उचाइभन्दा चार गुणा कम छ ।ज्योतिको उचाइ लगभग सुल्तानको जुत्ता जत्तिकै छ । रिपोर्टका अनुसार ज्योति अभिनेत्री हुन् । उनको उचाइ २.७ फिट छ । चिकित्सकीय भाषामा भन्नुपर्दा ज्योतिलाई एकोन्ड्रोप्लासिया नामक रोग लागेको छ । यो उचाइको कमीसँग सम्बन्धित विशेष रोग हो । ज्योतिले १६ डिसेम्बर २०११ मा आफ्नो १८औं जन्मदिन मनाइन् र सोही दिन उनको नाम सबैभन्दा कम उचाइ भएकी महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखिएको थियो ।

तपाईको प्रतिक्रिया