Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं । बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सुरु गर्न वडावासीलाई आह्वान गरेका पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे आफ्नो निर्णयबाट पछि हटेका छन् । आह्वानको चौतर्फि आलोजना भएपछि वडाध्यक्ष पाण्डे आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

यो पनि : वडाध्यक्षले नै बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्नू भनेपछि…

उनले सोमबार एक सूचना जारी गर्दै घरवरपरका रुख १० दिनभित्र आफैं काट्न वडावासीका नाममा सूचना जारी गरेका थिए । उक्त सूचनाको चौतर्फी विरोध भएपछि मंगलबार महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना अविलम्ब रद्द गरी रुख कटान गर्ने कार्य बन्द गर्न अनुरोध गरेको थियो ।

वडाध्यक्ष पाण्डेले मंगलबार नै अर्को सूचना जारी गरी महानगरपालिकाको कार्यालयबाट प्राप्त निर्देशनअनुसार सूचना रद्द भएको जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया