Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पोखरा महानगरपालिका-१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न आग्रह गरेका छन् । लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना निकालेर वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न आग्रह गरेका हुन् ।

वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ ।’

वडाले सोमबार जारी गरेको सूचना सोमबार साँझ र मंगलबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले वडाध्यक्षको उक्त निर्णयको आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया