Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापानबाट संयुक्त राज्य अमेरिकाका लागि उडेको एउटा जापानी विमानमा मदिरा पिएर मातेका एक यात्रुले चालकदलकी एक सदस्यलाई टोकिदिएपछि उक्त विमान टोकियो फर्किएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ती ५५ वर्षे अमेरिकी यात्रुले मदिरा पिएर निकै मातेको अवस्थामा एक महिला अटेन्डन्टको पाखुरामा टोकिदिएको एएनए विमानसेवाका प्रवक्ताले समाचारसंस्था एएफपीलाई बताए । विमानकी ती कर्मचारीको पाखुरामा चोट लागेको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले प्रहरीलाई आफूले निद्रा लाग्ने औषधि खाएको र के भयो भन्नेबारे आफूलाई सम्झना नभएको बयान दिएका छन् । यो महिना यसअघि पनि जापानी विमानमा केही अप्रिय घटनाहरू भएका थिए । अहिलेको घटना हुँदा १५९ यात्रुसहित उडिरहेको विमान प्रशान्त महासागरमाथि थियो ।

चालकदलका सदस्यमाथि शारीरिक आक्रमण भएपछि विमानचालकले विमान टोकियोस्थित हानेदा विमानस्थलतिर फर्काएका थिए । एएनए विमानसेवाका अनुसार कर्मचारीलाई टोक्ने यात्रुलाई टोक्योस्थित विमानस्थलमा प्रहरीको जिम्मा लगाइएको थियो । घटना बुधबारको हो ।

तपाईको प्रतिक्रिया