Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025

प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको हो ।

टोकियो – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापान भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । नयाँ वर्षकै दिन भूकम्पले जापानमा ठूलो क्षति पुर्‍याएपछि एनआरएनए जापान यतिबेला प्रभावित क्षेत्रमा खटिएको हो ।एनआरएनएले प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ । ईशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भूकम्प प्रभावित क्षेत्र वाजिमा र सुजुसीका शिविर मध्य दुईवटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।भूकम्पको अति प्रभावित क्षेत्र मध्य शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० जना गरि ४०० त्यसै गरि शनिबार सुजुसी इदा माध्यामिक विद्यालयको शिविरमा रहेका २२५ जना र नजिकको शिविरमा रहेका १०० गरि ३२५ जना गरि कुल ७२५ जनालाई खाना खुवाइएको कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटा जानकारी दिए ।भूकम्प पश्चात् २ सय बढीको ज्यान जानुका साथै सयौँ सम्पर्कविहीन रहेको र खानेपानी आपूर्ति विद्युत् नियमितता, सडक सञ्चालनको नियमितता लगायत दैनिक अत्यावश्यक सामग्रीको तथा वस्तुको उपलब्धतामा अझै कठिनाइ भोगिरहेका जापानी नागरिकहरूलाई नेपालीको तर्फबाट सकेको सहयोग गरिएको अध्यक्ष निउरेले बताए । ‘प्रतिकूल मौसम र भूकम्पका कारण बिग्रिएको सडकका बाबजुद पनि भौतिक रूपमै भूकम्प प्रभावित क्षेत्रमा पुगेर विपत्तिका समयमा जापानीहरूसँग नेपाली पनि सँग सँगै छौं भन्ने आभास दिलाउन सफल भएका छौं,’ अध्यक्ष निउरेले भने, ‘यस्ता कार्यबाट नेपालीको सहयोगीपनप्रति जापानी नागरिकले खुसी व्यक्त गरेका छन् ।’भूकम्पले दिएको पिडा त छदै थियो त्यसैमाथि परेको बाक्लो हिमपातको कारण बढेको चिसोको समयमा तातो तातो खानेकुरा खान पाएकोमा जापानीहरूको मुहारमा मुस्कान देखिएको एनआरएनए जापानको विशेषज्ञ समितिका सदस्य तथा सहयोग टोलीका सदस्य ज़िज्ञानकुमार थापाले बताए । नेपालमा पर्ने प्राकृतिक विपत्तिका समयमा जापान र जापानी नागरिकले सहयोग गर्दै आइरहेको र जापानमा परेको विपत्तिमा पनि हामीले सक्ने सहयोग विपत् प्रभावित क्षेत्रमा नै पुगेर गरेको थापाको भनाई छ ।जापानमा रहेका हामी नेपालीले जापानका नागरिकलाई परेको अप्ठ्यारो र प्राकृतिक विपत्तिका समयमा आफूले सक्दो सहयोग गर्नु हाम्रो दायित्व सम्झिएर उक्त कार्य गरिएको र यस्ता कार्यले दुई देशको सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए ।बिहीबार आवश्यक तयारीका साथ भूकम्प प्रभावित क्षेत्र तर्फ जाने सहयोगी टोलीमा अध्यक्ष नविन निउरे उपाध्यक्ष कृष्ण शर्मा गैरे, महासचिव टिकाराम खरेल, सदस्य तथा सहयोग कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटा, सदस्य दिलीप शर्मा, विशेषज्ञ समिति सदस्य जिज्ञानकुमार थापा, विशेषज्ञ समिति सदस्य हरि सापकोटा, बागलुङ समाज जापानका अध्यक्ष यम कँडेल, एनआरएनए जापान कांसाई क्षेत्रीय समिति उप संयोजक टिआर गौडेल, सुरेन खड्का, गलकोट समाज जापानका सल्लाहकार जगत थापा, सुमित खत्री, गलकोट समाज जापान कांसाईका अध्यक्ष रामु साहनी रहेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया