Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म २० पुगेको छ। मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो। स्थानीय समयानुसार सोमबार साँझ जापानमा ७.६ म्याग्निच्युडको भूकम्प जाँदा सयौँ भवनमा क्षति पुगेको छ भने हजारौँ मानिस प्रभावित भएका छन्।सोमवारदेखि अहिलेसम्म जापानमा १ सय ५५ पराकम्प गएका छन्।जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए।

 

तपाईको प्रतिक्रिया