समाचार सुन्नुहोस :
काठमाडौँ – सेयर बजार करिब २ अंकले घटेको छ । बिहीबार १.९३ अंकले घटेको सेयर बजार २०६८.९० विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ । यसदिन १०३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ८ वटाको स्थिर छ ।