Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गरेका छन् । बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसमक्ष जापानका राजदूत यूताकाले शिष्टाचार भेट गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको बताएका छन् ।त्यस्तै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया