Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – समाजवादी मोर्चा, नेपालको बैठक साँझ फेरि बस्नेगरी सकिएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक आजै साँझ ६ बजे फेरि बस्नेगरी सकिएको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । ‘मोर्चामा आवद्ध दलहरूबीच छलफल शुरू भएको छ,’ बैठकपछि उनले भने, ‘मोर्चाको बैठक साँझ फेरि बस्नेछ र केही निर्णय हुनेछ ।’​

सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको उनले आरोप लगाए । ‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन्,’ उनले भने,’ यो चल्दैन । यो विषयमा साँझ छलफल हुन्छ ।’ केही दिनअघि विप्लवसहितका नेकपा नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

बैठकमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता सहभागी थिए । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहहरू सहभागी थिए । गत असार ४ गते चार दलले समाजवादी मोर्चा गठन गरेका थिए ।

तपाईको प्रतिक्रिया