Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा दायर उक्त मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

यसअघि गत २४ मंसिरमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।सन्दीपविरुद्धको मुद्दामा हाल जन्ममिति नै मुख्य विवादको विषय रहेको छ । बलात्कार भएको समयमा जाहेरवालीको उमेर १८ वर्ष पुगेको हो कि १८ वर्षभन्दा कम हो भन्ने विषयमा विवाद रहेको हो ।

सरकारका तर्फबाट पेस भएको एसइईको सर्टिफिकेट, नागरिकता र जन्मदर्ता प्रमाणपत्रमा जोहेरीवाला किशोरीको जन्ममिति २०६२ जेठ १८ गते उल्लेख रहेको छ । सन्दीपतर्फका कानुन व्यवसायीले पेस गरेको कागजातमा भने गौशाला २६ को जन्ममिति २०६१ असार १८ गते रहेको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया