Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पोखरामा आन्तरिक विवादका कारण प्याराग्लाइडिङ उडान बन्द गरिएकाे छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङचालक आन्दोलित भएका थिए ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब १०७ प्यारापाइलटले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि उडान रोकिएको जानकारी दिए । उनले प्यारापाइलटले आफूखुसी उडान दर तोक्दा सस्तोमा उडान हुने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने बताउँदै एकद्वार प्रणालीबाट दररेट तोकिनुपर्ने अडान राखेकाले विवाद समाधान भएपछि मात्रै उडान खोलिने बताएका छन् ।

तपाईको प्रतिक्रिया