Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम ती दल दर्ता भएका हुन् ।

दर्ता भएका दलहरुका लागि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको हो । जसअनुसार एमालेको सूर्य चिह्न पहिलो नम्बरमा परेको छ भने त्यसपछि कांग्रेसको रुख दोस्रो, माओवादी केन्द्रको गोलागारभित्रको हँसिया हथौडा तेस्रो र चौथोमा राप्रपाको हलो चिह्न रहेका छन् ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ।

तपाईको प्रतिक्रिया