Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ । ठगी मुद्दामा ‘रेड नोटिस’ जारी भएका सर्लाहीका कोमलराज उपाध्याय पक्राउ परेका हुन् । एनसीबी अबुधाबीको समन्वयमा उनलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

उनीमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप रहेको एआइजी किरण बज्राचार्यले जानकारी दिइन् । उनले भनिन्, ‘उपाध्यायामाथि सबैबाट गरेर एक करोड ५५ लाख ९२ हजार ५२५ रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीसँग छ ।’ सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया