Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने भएका छन् । उच्च अदालत, पाटनले आज फैसला सुनाउँदै रायमाझीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएपछि उनी हाल थुनामा नै रहने भएका हुन् । उनको मुद्दा तेस्रो न्यायाधीश समक्ष निर्णायार्थ पेस हुनेछ ।

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया