Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेबारेमा केही बेरपछि फैसला आउंदै छ । हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको हुनाले आज फैसला आउने सम्भावना रहेको छ ।

अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् । जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाँड लगायतको मुद्धामा केही बेरमा फैसला आउन लागेको हो ।

आज आउने फैसलाले खाँडलगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा टुंगो लाग्नेछ । त्यसै कारण अहिले उच्च अदालतमा भीड लागेको छ ।

तपाईको प्रतिक्रिया