Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – इरानको जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेकी छन् । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिलामाथि हुँदै आएको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिको केही समयपछि सार्वजनिक ठाउँमा महिलाका लागि अनिवार्य गरिएको हिजाब लगाउन मोहम्मदीले इन्कार गर्दै आएकी छन् । हिजाब लगाउनुपर्ने शर्त विना नै उनलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि अनसन तोडेको मोहम्मदीको परिवारलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । उनी मुटु र फोक्सोको समस्याबाट पीडित छिन् । इरानमा हिजाब अनिवार्य गरिएको छ तर अधिकारकर्मीले विरोध गर्दै आएका छन् ।

पहिलो पटक २२ वर्षअघि पक्राउ परेकी मोहम्मदीले इरानमा मानव अधिकारका लागि अभियान चलाएको आरोपमा धेरै समय जेलभित्र बिताएकी छन् । सन् २०२१ को नोभेम्बरदेखि जेलमा रहेकी उनले आठ वर्षदेखि फ्रान्समा रहेका आफ्ना छोराछोरीसँग भेट गर्न पाएकी छैनन् । सन् २०२२ को सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको हिरासतमा ज्यान गएपछि जेलबाट नै इरानमा महिनौँ लामो विरोध प्रदर्शनको नेतृत्व गरेकी मोहम्मदीलाई नोबेल पुरस्कार दिने घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया