समाचार सुन्नुहोस् :
काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राजा भन्ने शब्द संसदीय रेकर्डबाट हटाउन माग गर्नुभएको छ । हिजो शुक्रवार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा भनि सम्बोधन गर्नुभएको थियो । त्यसप्रति आपत्ति जनाउँदै सांसद दाहालले नेपालको संविधानले राजा भन्ने शब्द नचिन्ने उल्लेख गर्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा राजा भन्ने शब्द बोल्न नमिल्ने जिकिर गर्नुभयो ।
सांसद दाहालले भन्नुभयो, ‘नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एक जना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तसर्थ, यो राजाभन्ने शब्द रेकडबाट हटाईयोस भन्ने माग राख्न चाहन्छु ।’सांसद दाहालले चाडपर्व आएकाले कालोबजारी हुन नदिन सरकारलाई सचेत समेत गराउनु भयो ।