Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाइरहेका अभियन्ता ईःलाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल पुगेकी छन्। ‘१६५ घन्टापछि उपमेयर आएर भेट्नुभयो। मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ अभियन्ता ईःले भने, ‘फुटपाथ व्यवसायीहरू विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो।’

अभियन्ता ईःका अनुसार डंगोलले आफ्नो स्वास्थ्यबारे चासो लिँदै सुस्वास्थ्यको कामना गरेकी थिइन् । ‘उहाँले सहानुभूतिपूर्ण शासनप्रति प्रतिबद्ध रहेको र सडक व्यवसायीहरूका लागि वैकल्पिक व्यवस्थाको नीति तयार गर्न सक्दो प्रयास गर्ने बताउनुभयो,’ उनले भनेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् । सोमबार वार्ताको विषयमा मेयर शाह र ईःको विषयमा विवाद देखिएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए।

तपाईको प्रतिक्रिया