Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडाैं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पूर्वगृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई कारागारमै पुगेर भेट गरेका छन्। बिहान खाँणलाई भेट्न कोइराला ९ बजे सुन्धारा कारागार पुगेका थिए । कोइराला र खाँणबीच आधा घण्टाभन्दा बढी समय कुरा भएको थियो ।

खाणलाई भेट्न काेइराला दाेस्राेपटक कारागार पुगेका हुन्। काेइराला यसअघि साउन ३१ गचे पनि खाणलाई भेट्न कारागार पुगेका थिए। सभापति शेरबहादुर देउवानिकटका नेता खाँणलाई संस्थापन इतर समूहका नेता कोइरालाले भेट्नु अर्थपूर्ण मानिएको छ । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा थुनामा रहेका छन्।

तपाईको प्रतिक्रिया