Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड र आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ। घाइते दुईसहित घटनामा संलग्न ८ जनालाई पक्राउ गरि सकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। आक्रमणमा परी घाइते भएका उपमेयर बेघाका कान्छा भाइ विष्णु बेघा र विपक्षी समूहका घाइते युवा सन्देश राई पनि पक्राउ परेका छन्।

उनीहरु दुबै घाइते अवस्थामा छन्। दुबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। बेघाको भाइ विष्णुको टाउको र अनुहारमा चोट लागेको छ। बेघाको विपक्षी समूहका सन्देश राईलाई भने बढी चोट लागेको प्रहरीले जनाएको छ। उनको शरीरमा पछाडि कम्मरमा धारिलो हतियार प्रहारबाट गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।प्रहरीले दुबै समूहका अन्य ६ जनालाई पक्राउ गरेको जनाए पनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन। धरान उपमहानगरपालिका १५ स्थित खिरिया बस्तीमा पुगेर मंगलबार दिउँसो एउटा समूहले उपमेयर बेघाको घरमा तोडफोडसहित आक्रमण गरेको थियो।

घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि इलाका प्रहरी कार्यालय धरानका डीएसपीले बेवास्ता गरेको आरोप बेघाले लगाएका छन्।विवादको कारण प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ। दुई टोलका युवाहरुबीच पुरानो रिसइबीले मंगलबारको घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।उपमेयर बेघाले आफ्नो घरमा आक्रमण हुँदा प्रहरीलाई समयमै खबर गर्दा पनि नआएको गुनासो गरेका छन्। उनले धरानका डिएसपीलाई फोन गरेको फेसबुक लाइभ गरेपछि घटनाप्रति सार्वजनिक चासो बढेको थियो।युवाहरुले घरमा आएर ढुंगामुढा गरेर परिवारलाई आतंकित बनाएको उपमेयर बेघाको भनाई छ। ‘वल्लो र पल्लो टोलका युवाहरुको व्यक्तिगत समस्या होला,’ बेघाले भने, ‘तर घरमा आएर ढुंगामुढा गरेर परिवारका सबैलाई आतंकित बनाउने काम भयो।’

दुबै पक्षका घाइतेलाई उपचार गराउन पुगेका युवाहरुबीच मंलबार साँझ बीपी प्रतिष्ठानको इर्मजेन्सी वार्डमै कुटाकुट भएको थियो। दुबै पक्षले शुरुमा अर्को समूहल आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरिरहेका छन्। प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको युवाले शुरुमा उपमेयर बेघाको भाइले आक्रमण गरेपछि सन्देश राईको समूहले विष्णु बेघालाई आक्रमण गरेको बयान दिएका छन्।विष्णु बेघाले भने अर्को समूहका युवाहरु गाउँमा आएको थाह पाएपछि कुरा गर्न जाँदा आफूलाई बाटोमा एक्कासी आक्रमण गरेको र घरमा आएर तोडफोड गरेको बयान दिएका छन्।हुलमुलमा सन्देशलाई कसले आक्रमण गर्यो आफूलाई जानकारी नभएको उनको दाबी छ। तोडफोड र आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको सुनसरीका एसपी बिपीन गौतमले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ।

यो पनि पढ्नुहोस : धरानका उपमेयरको घरमा हतियारधारी समूहद्वारा आक्रमण, कान्छा भाईमाथि खुकुरी प्रहार

 

 

तपाईको प्रतिक्रिया