Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडाैं – धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले आक्रमण गरेको छ। हतियारधारी समूहले धरान- १५ स्थित खिरिया गाउँमा उपमेयर बेघाको घरमा आक्रमणसहित तोडफोड गरेको हो।

खुकुरी प्रहारबाट उपमेयर बेघाका भाइ विष्णु घाइते भएका छन्। उनकाे देब्रेपट्टीको गालामा चोट लागेको छ। घटनापछि सामाजिक सञ्जालमा लाइभ आएर उपमेयर बेघाले प्रहरीले शान्ति सुरक्षा कायम नगरेकाे गुनासाे गरेका छन्। लाइभमा डीएसपीलाई फाेन गरेर गुनासाे व्यक्त गरेका छन्। उनले घटनास्थलमा प्रहरी नपुगेकाे भन्दै गुनासाे गरेका हुन्।

यता प्रहरीले भने घटनाका विषयमा अनुसन्धान भइरहेकाे र हतियारधारी समूहकाे खाेजी भइरहेकाे बताएकाे छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले घटनाबारे आक्रमणकारी समूहकाे खाेजी भइरहेकाे बताएका छन्।

 

तपाईको प्रतिक्रिया