काठमाडौँ – एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन् । गत राति हृदयाघातबाट निधन भएपछि प्रधानमन्त्री, पार्टी अध्यक्ष, सभामुख लगायत शीर्ष नेताहरू शिक्षण अस्पतालमा पुगेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरू अस्पतालमा रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पतालमा छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, , नेकपा एसका अध्यक्ष माधव नेपाल, बामदेब गौतमसहित अरु नेताहरू पनि अस्पतालमा छन् ।अन्य नेताहरु पनि अस्पताल आउने क्रम जारी छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएको थियो ।
उनलाई उपचारका लागि राति १: ३० बजे अस्पताल त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएपछि निधनबारे बुझ्न राति नै प्रधानमन्त्री दाहाल, पार्टी अध्यक्ष ओली, सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका थिए । नेम्वाङ को पार्थिव शरीर ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राख्ने तयारी भइरहेको छ ।