Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुनः निर्वाचन हुन सक्ने संकेत गरेका छन् ।शनिबार एकीकृत ट्रेड यूनियन महासंघको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरेका हुन् ।

‘अब विकल्प कि मिलेर जानु कि अरूलाई साथ दिनु कि त चुनावमा जानु हो । हामीलाई त फरक पर्नेवाला छैन । किनभने हाम्रो साथीहरूको हिसाब के छ भने चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ,’ नेपालले भने, ‘अहिले हामीसँग त्यहाँ चार सिट छ, त्यो सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वासमा छौँ । अरू पार्टीहरूकोे सातो गएको छ । यत्रो ठूलो संख्या छ । अर्कोपटक त २० भन्दा बढ्दैन भनेर डराएका छन् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफूहरू भ्रष्ट नभएको भन्दै कसैले औँला उठाउँदैमा आत्तिन नपर्ने टिप्पणी पनि गरे ।

तपाईको प्रतिक्रिया