Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – सहकारीका वचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार भएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली जेठ ५ गतेदेखि सम्पर्कविहीन भएका छन्। बाग्लुङमा मुख्य कार्यालय र पोखरामा शाखा सञ्चालन गरी मेयर नेपालीले बचतकर्ताको रकम लिएर फरार भएका हुन्।

मेयर नेपाली फरार भएपछि उजुरी आह्वान गरिएको थियो। मेयर नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दिएका छन्। बागलुङमा मात्रै सहकारीले ८ सय सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको प्रारम्भिक छानबिनले देखाएको छ।सोही आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दर्ता गरेर सुनुवाइ भइरहेको बागलुङकी सीडीओ रोशनीकुमारी श्रेष्ठले बताइन्।

ढोरपाटन–१ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। देवकुमार पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीको भनाइ छ।

मेयर देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक र झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ मा पत्राचार गरेको थियो।

तपाईको प्रतिक्रिया