Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखेली जनताको सेवामा समय दिन नसकिएकाले उक्त जिम्मेवारी छाडेको उनले उल्लेख गरेका छन्। राजीनामा दिएको तस्बिरसहित कांग्रेस नेता काफ्लेले मंगलबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेस बागती प्रदेश संसदीय दलको प्रमुख सचेतकको भूमिकाबाट राजीनामा दिएको छु।’

उनले अगाडि लेखेका छन्, ‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो। प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु। अतः केन्द्रीय सदस्यका रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु।’

यसबीच आफूलाई सहयोग गर्ने नेपाली कांग्रेस, बागमती प्रदेशका सबै सांसद तथा नेता/कार्यकर्तालाई उनले धन्यवाद ज्ञापन पनि गरेका छन्।

 

तपाईको प्रतिक्रिया