काठमाडौं – चीनले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । भारतको अरुणाचल प्रदेश, अक्साई चीन क्षेत्र र ताइवानलाई चिनियाँ भूमिका रूपमा नयाँ चिनियाँ नक्सामा समेटिएको छ । अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गरेको हो ।
ग्लोबल टाइम्सका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘सन् २०२३ का लागि देशको नक्सा सार्वजनिक भएको हो । यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ । यो नक्सा चीन र विश्वका अन्य देशको रेखाचित्र पद्धतिको आधारमा बनाइएको हो ।’
चीनले सार्वजनिक गरेका नयाँ नक्साको भारतभर विरोध सुरु भएको छ । भारतका सञ्चारमाध्यम चीनको आलोचना र विरोधमा उत्रिएका छन् । भारतले मात्र नभएर ताइवानले पनि चीनको विरोध गरेको छ । चीनले भारतको अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा बताउँदै उक्त क्षेत्रलाई आफ्नो जंगनान प्रान्त भन्ने गर्दछ ।
The 2023 edition of China’s standard map was officially released on Monday and launched on the website of the standard map service hosted by the Ministry of Natural Resources. This map is compiled based on the drawing method of national boundaries of China and various countries… pic.twitter.com/bmtriz2Yqe
— Global Times (@globaltimesnews) August 28, 2023