Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पक्राउप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शुरुमै सभामुखसँग समय लिएर एमाले पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साहले नक्कली प्रमाणपत्रको बखेडा झिकेर शर्मालाई पक्राउ गरिएको आरोप लगाएकी हुन् ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन माग गरेको आधारमा शर्मालाई पक्राउ गरिएको सांसद साहले दावी गरिन् । एमबीबीएस अध्ययनका लागि भारतको बिहारबाट आइएसस्सीको नक्कली प्रमाणपत्र बनाएको आरोपमा सांसद शर्मा बिहीवार काठमाडौंबाट पक्राउ परेका थिए ।

यसैबीच, एमालेको नाराबाजीका कारण प्रतिनिधिसभा बैठक सोमवारसम्मका लागि स्थगित भएको छ । सुन तस्करी सम्बन्धमा छानबिनको माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले साउन २९ गते सोमवारसम्मका लागि बैठक स्थगित गरेका छन् । त्यसअघि संसदमा एमाले सांसदले विरोध जनाएकोमा सत्तापक्षका सांसद उठेर बोल्न समय माग गरेका थिए । एमालेको विरोधका कारण साउन १० गतेदेखि प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया