Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ । अनैतिक भिडिओ सार्वजनिक भएपछि मन्त्रालयले उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो ।

यो पनि : प्रमुख प्रशासकीय अधिकृत निरौलाको अश्लील भिडियो, प्रमाण नष्ट गर्न क्वाटरमा रंगरोगन (भिडिओ)

नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो टिकटकमा सार्वजनिक भएको थियो। उक्त भिडिओ अहिले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा भाइरल भइरहेको छ । ती महिला पनि विवाहित हुन् । तर आफ्ना परिवार काठमाडौँमै छाडेका निरौला भने अर्कै महिलासँग अश्लील हर्कत गरिरहेको फेला परेका हुन् ।

तपाईको प्रतिक्रिया