Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक भिडिओ सार्वजनिक भएको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसा

द निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक गतिविधि गर्दै गरेको भिडिओ बाहिरिएको हो ।

मदिराको नशामा लठ्ठ रहेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो टिकटकमार्फत बाहिरिएको हो । भिडिओमा निरौला र महिला दुवै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ । भिडिओमा देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिका स्रोतले बताएको छ ।

निरौलाले क्वार्टरमै अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछि उनी विवादमा तानिएका छन् । निरौलाले झापामै सहायक प्रमुख जिल्ला अधिकारी र ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी सम्हालिसकेका छन् । आफूले अश्लील गतिविधि गरेको प्रमाण नष्ट गर्न निरौलाले क्वाटरमा रंगरोगन सुरु गरेको बताइएको छ ।

स्रोत : रुटिन अफ नेपाल बन्द 

तपाईको प्रतिक्रिया