Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एनआरएनए जापानको अध्यक्षमा निर्वाचित भएपछि नबिन निउरे मतदाताको विश्वास डगमगाउन नदिने बताएका छन् । निर्वाचितपछि आभार तथा धन्यवाद ज्ञापन गर्दै निउरेले मतमार्फत गरेको अनुमोदनलाई शिरोधार्य गर्दै विश्वासलाई कहिल्यै डगमगाउन नदिने बताएका हुन् ।

निउरे आइतबार सम्पन्न अनलाइन भोटिङमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै २०२३-२५ का लागि अध्यक्षमा विजयी भएका हुन् । उनले एक सन्देश जारी गर्दै जापानस्थित सम्पूर्ण नेपालीहरूमा आभार प्रकट गरेका छन् । ‘अभियानप्रति जापानमा बस्ने नेपालीहरूको विश्वास कायमै रहिरहने कार्य गर्न लोकतान्त्रिक प्रक्रियाबाट जिम्मेवारी सुम्पनु हुने पञ्जीकृत सदस्य ज्यूहरू, यस अभियानका अग्रजहरू, जापानस्थित सम्पूर्ण नेपालीहरूमा पुनः आभार प्रकट गर्दछु,’ निउरेले भनेका छन्, ‘यस निर्वाचनमा विजयी हुनुभएका सम्पूर्ण पदाधिकारी ज्यू, सदस्य ज्युहरू, आइसीसी सदस्य ज्यूहरू क्षेत्रीय समितिका पदाधिकारी ज्यू र सिंगो टिम र सम्पूर्ण एनआरएन सहकर्मी मित्रहरूप्रति हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गर्दछु ।’

यो पनि : एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे विजयी, महासचिव बने टिकाराम खरेल

अध्यक्ष निउरेले एनआरएनए जापानलाई समृद्ध बनाउने योजना उपविजेतालाई पनि समेटेर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन प्रक्रियामा सहभागी हुनु भई उप विजेता र यस कार्यकालको लागि मात्र कार्यसमितिको टिम बाहिर रहनु भएका सम्पूर्ण सहकर्मी मित्रहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै यहाँहरूले उठान गर्नु भएका एनआरएनए जापानलाई समृद्ध बनाउने योजनालाई सँगसँगै समेटेर सहकार्य गर्दै अघि बढ्ने छु,’ निउरेले भने, ‘एनआरएनएप्रति नेपाली समुदायलाई सकारात्मक बनाउन अब केवल नयाँ सोच सहितको योग्य नेतृत्वले मात्र गर्न सक्छ भन्ने मान्यतालाई यहाँहरूले मतमार्फत गरेको अनुमोदनलाई शिरोधार्य गर्दै यो विश्वासलाई कहिल्यै डगमगाउन दिने छैन ।’

तपाईको प्रतिक्रिया