शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको अध्यक्षमा नबिन निउरे विजयी भएका छन् । आइतबार अनलाइन प्रणालीबाट भएको मतदानमा निउरे अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै २०२३-२५ का लागि अध्यक्षमा विजयी भएका हुन् ।

एनआरएनए जापानको नयाँ नेतृत्व चयनका लागि पहिलो पटक अनलाइन भोटिङ प्रणाली ‘भेरो भोटिङ प्रणाली’मार्फत मतदान भएको हो । निर्वाचन समितिका संयोजक डम्बरराज पौडेलले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार निउरे २९ सय ५५ मत ल्याएर विजयी हुँदा संगीता अधिकारी सुवेदीले १२ सय ३० मत प्राप्त गरिन् । यसैगरी राजकुमार अधिकारी ८ सय ७७ र रामकृष्ण श्रेष्ठ ४ सय ९५ मत पाए ।

यसैगरी ५ जना उपाध्यक्षहरुमा सचिन श्रेष्ठ २ हजार ७ सय १२, सुभाष लामिछाने २ हजार ३ सय ८२, देवराज उप्रेती २ हजार ३ सय ८१ कृष्ण गैरे २ हजार १ सय ३१ र सिध्दार्थ श्रेष्ठले २ हजार १ सय २१ मत लिएर बिजयी भएका छन् ।

७ हजार १ सय ६८ मतदाता रहेकोमा ७६ प्रतिशत अर्थात् ५ हजार ४८ मत खसेको थियो ।  महासचिवमा टिकाराम खरेल विजयी भएका छन । उनले २ हजार ७ सय ८९ मत ल्याउँदा उनका प्रतिस्पर्धी श्यामकुमार श्रेष्ठ (श्यामशितल) ले  २ हजार ६ सय २६ मत पाए ।

कुन पदमा को-को भए निर्वाचित ?

परिणाम सुन्नुहोस् :-

तपाईको प्रतिक्रिया