काठमाडौं – काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको जग्गाको मूल्यांकन सबैभन्दा बढी गरेको छ । आर्थिक विधेयक २०८० अनुसार इन्द्रचोक, खिचापोखरी, धरहरासम्मको मुल सडकक जोडिएको जग्गाको मुल्य प्रतिआना ५० लाख तोकेको हो ।
ठमेल, क्षेत्रपाटी, हनुमानढोका, असन, भोटाहिटी, नाचघर, माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, हात्तीसार, दरबारमार्ग, बागबजारका मुलसडकको प्रतिआना ५० लाख निर्धारण गरेको छ । अनामनगर, हनुमानस्थान, थापा गाउँ, गौशालाबाट रातोपुल हुँदै कृष्णपाउरोटीसम्मको २८ लाख रुपैयाँ तोकिएको छ ।
काठमाडौं महानगरले बाटो नभएका र च वर्गका जग्गा ४ लाख रुपैयाँ मुल्यांकन गरेको छ । बाटो नभएकै क वर्गका जग्गाको २० लाखसम्म गरिएको छ । चाबहिल चोकको पिपलबोट हुँदै गौरीघाट चोकसम्म, महांकाल, जोरपाटी सडकको १३ लाख रुपैयाँ तोकिएको छ ।