काठमाडौँ – जिल्ला प्रशासन कार्यालयहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता वितरण सुरु गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयहरूले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हालै प्रमाणित नागरिकता विधेयकलाई सर्वोच्च अदालतले सदर गरे पछि आजबाट नागरिकता वितरण हुन लागेको हो । नागरिकता वितरणका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको जनाइएको छ ।