काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गन्तव्यमा राजा भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसँग भएको भेटमा डा. कोइरालाले गन्तव्यमा राजा भएको बताएकाे मिश्रले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।
मिश्रले ट्वीटर लेखेका छन्, ‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो- म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिँन नि। मैले त भन्ने गरेको छु- हामी नेपाली अहिले रेलको ‘गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र’ जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिं एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् ती हुन्- राजा ! मैले सोधेँ, ‘तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु? उहाँले भन्नुभयो, किन नसक्नु? मैले सार्वजनिक रूपमैँ भनेको कुरा हो यो। विचारभन्दा माथि देश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला?’
कांग्रेस नेता डा शेखर कोइराला (@Shekharnc) ले गज्जबको कुरा भन्नुभयो:
"म 'राजा'लाई कहिल्यै 'पूर्व राजा' भन्दिन नि। मैले त भन्ने गरेको छु: हामी नेपाली अहिले रेलको 'गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र' जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ… pic.twitter.com/9WJxEHfk1Z
— Rabindra Mishra (@RabindraMishra) June 17, 2023