Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कोही पनि नागरिक नागरिकताविहीन हुनु हुँदैन भन्ने पक्षमा रहेको प्रष्ट पारेका छन् ।

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेको भन्दै रास्वपाको आलोचना भइरहेका बेला लामिछानेले नागरिकको नागरिकता पाउने अधिकारको नभएर विधेयक प्रमाणीकरण प्रक्रियाको विरोध गरेको प्रष्ट पारेका हुन् । ‘नागरिकता नपाएकाहरूले नागरिकता पाउनुपर्छ । हामी सधैं यस्ता नागरिकताविहीन नागरिकको पक्षमा छौं । यसलाई मात्र व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ राजधानीमा आयोजित एक कार्यक्रममा लामिछानेले भने ।

वैवाहिक अंगीकृतका हकमा विधेयकले बोलोस् भन्ने आफूहरूले चाहे पनि संसदमा नलगी प्रमाणीकरण गरिएको उनले बताए । ‘हामीले वैवाहिक अंगिकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौं। हामीले सही ढंगबाट आओस् भनेका छौं। नेपाली आमाका छोराछोरीले नागरिकता पाउनु हुँदैन भनेर नपाउन् भनेर हामीले बोलेकै छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया