Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

काठमाडौं – बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल सर्ने भएको छ। २१ जेठदेखि आंशिक र १ असारदेखि पूर्ण रूपमा ताहाचलबाट सेवा प्रवाह गरिने विभागले बताएको छ।ताहाचलमा रहेको श्रम कार्यालय परिसरभित्रैबाट विभागले सेवा दिने सूचनामा उल्लेख छ।

हालसम्म विभागले काठमाडौंको बुद्धनगरमा रहेको हिमालयन सीमापार व्यापार भवनको घर भाडामा लिई सेवा दिँदै आएको छ। तर हालको ठाउँ सेवा प्रवाहका लागि साँघुरो भएकाले समस्या भइरहेको छ। विभागमा दैनिक सयौंको संख्यामा सेवा लिन आउनेले पार्किङ अभावसमेत भोग्दै आएका छन्।

तपाईको प्रतिक्रिया