Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ । भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

नेपाली भूमि समेटिएको नक्सा भारतको संसद् भवनमा राखेपछि त्यसको विरोधमा उत्रनु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिए । उनले भारतले आफ्नो नक्साबाट नेपाली भूमि नहटाएसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

विरोध प्रर्दशनमा उत्रिएकाहरूले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोस व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया