Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024

समाचार सुन्नुहोस् :

काठमाडौ – नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौका प्रमुख अच्युतमणि न्यौपानेले उनीहरूलाई अदालत उपस्थित गराइएको र बयान सुरु गरिने बताए। प्रहरीले बयानका लागि पक्राउ परेका अभियुक्तहरूलाई उपस्थित गराइएको र बयान पनि सुरु भएको जिल्ला अदालतका सुचना अधिकारी दीपक दाहालले बताए। बयानका लागि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेय लगायतलाई अदालत पुर्‍याएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरूको बयान हुनेछ। गोलाबाट न्यौपानेको इजलासमा पेशी तोकिएको हो। पक्राउ परेको सबै अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसका लागि ४ जना सरकारी वकिलले तयारी गरिरहेका छन् भने प्रतिवादीका तर्फवाट ५० भन्दा धेरै कानुन व्यवसायी हुने देखिएको छ। उनीहरूले पूर्पक्षका लागि थुनामा राख्न नहुने तर्कसहित बहस गर्नेछन्। उनीहरूको बहसपछि न्यायाधीश न्यौपानेले धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने निर्णय गर्नेछन्। थुनछेक पछि जिल्ला अदालतले फरार रहेकाहरुको हकमा म्याद जारी गर्ने छ। उनीहरूको म्याद तामेली भएसँगै उनीहरूको हकमा पनि थुनछेक हुनेछ।

 

तपाईको प्रतिक्रिया