Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – चितवन समाज जापानले ओसाकामा मृत्यु भएकी आरती खनालको घटनाबारे छानबिनको मागसहित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएको छ । समाजका पदाधिकारीले नेपाली राजदूतावास टोकियो पुगेर राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउन राजदूतावास जानेहरूका हालै नेपालबाट जापान आएका चितवन सेवा समाज अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष समीर खत्रीसहित चितवन समाज जापानका अध्यक्ष ईश्वरीप्रसाद कँडेल, निवर्तमान अध्यक्ष राजनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष टंक गैरे, उपाध्यक्ष अनिल पौडेल र प्रदीप खरेल कार्य समिति सदस्य युवराज ढकाल, एनआरएनए एसिया प्यासिफिक (DRC) दीपक कँडेललगायत रहेका थिए ।

ज्ञापानपत्रमा भनिएको छ, ‘स्थायी घर चितवनको भरतपुर महानगर पालिका १२ भएकी आरती खनाल जापानबाट हराए पछि तपाईँले यस घटनालाई दिनुभएको चासो र खोजी कार्यमा तपाईँको क्रियाशीलताप्रति चितवन समाज जापान तपाई र नेपाली राजदूतावास, टोकियो जापानप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौँ । हामीहरू पनि त्यस घटनाप्रति गम्भीर हुँदै नेपाली राजदूतावास, एनआरएनए , जापानलगायतका नेपाली संघ संस्थाहरू खोजी कार्यमा सम्बन्धित निकायलाई सहजीकरण गर्दै आई रह्यौँ । चितवन समाज जापानको हालै सम्पन्न चौथो अधिवेशन पछि हाम्रो नयाँ बनेको कार्यसमिति हरेक सामाजिक गतिविधिमा नेपाली राजदूतावास लगायत संघसंस्थासँग हातेमालो गर्दै अघि बढ्न हामी सधैँ तयार छौँ ।’मे ८ तारिख समुद्रको किनारामा जापनिज प्रहरीले फेला परेको शव खनालको नै रहेको पुष्टि भएको छ । मे २२ तारिख सोमबार ओसाका प्रहरीले त्यसको जानकारी गराएको हो । प्राप्त जानकारी अनुसार शवको अस्पतालद्वारा डिएनए परीक्षण गरिएको र रिपोर्टबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको हो ।

यो पनि : समुद्रीकिनार नजिकै फेला परेको शव आरतीको भएको पुष्टि

‘उक्त घटनालाई आरतीको परिवारले हत्या भनिरहेको अवस्था छ । घटना कसले घटाएको हो ? वास्तविकता के हो ? भन्ने बारेमा जापनिज प्रहरीलगायत सम्बन्धित निकायमा यसअघि आरतीको खोजी कार्यमा जस्तै तपाई र नेपाली राजदूतावास टोकियो, जापानको क्रियाशीलता हुने अपेक्षासहित यो ज्ञापनपत्र पेश गर्दछौँ । यस घटनामा आवश्यक छानबिनमा सहजीकरण गर्न र हरेक सहयोग गर्न चितवन समाज ,जापान हरदम तत्पर रहेको जानकारी समेत गराउँदछौ । साथै मृतक आरती खनाल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गर्दछौँ,’ ज्ञापनपत्रमा अगाडि भनिएको छ ।

ज्ञापनपत्र बुझ्दै राजदूत डा सुवेदीले आरतीको खोजी कार्यमा नेपाली संघसंस्थाहरुबाट पाएको सहयोगको सह्नाना गर्दै भविष्यमा पनि सबै मिलेर अघि बढ्न आफू तयार रहेको धारणा राखे । ‘यो दुःखद घटना हामीले व्यहोर्न परेको छ, यस घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय गर्छु,’ उनले भने, छानबिनमा म र राजदूतावासबाट कुनै कसर बाँकी रहने छैन ।’

तपाईको प्रतिक्रिया