Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – घरेलु टिम नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वर्षाको कारण रोकिएको कुवेत र नेपालबीचको खेल केही बेरमा सुरू हुने भएको छ । २३.२ ओभरमा तीन विकेटको क्षतिमा नेपालले कुवेतविरुद्ध १४१ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । केही बेर पानी परेपछि रोकिएको छ । योसँगै मैदानको कभर हटाइएको छ । खेल केही बेरमा सुरू हुनेछ ।

नेपालका कप्तान रोहितकुमार पौडेल ३० र कुशल मल्ल ३२ रनमा अविजित छन् । यसअघि नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ४३ रन बनाए । त्यस्तै, आसिफ शेखले २८ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाएर आउट भए । नेपालले पहिलो विकेट ७७ रन बनाउँदा गुमाएको थियो । भीम आउट हुँदा नेपालको स्कोर ७८ थियो । त्यसपछि ओपनर आसिफ शेख ८० रन हुँदा आउट भए । रोहित र कुशलले ६१ रनको साझेदारी गरेका छन् ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, कुवेत समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो । त्यस्तै, मूलपानी क्रिकेट मैदानमा ओमान र यूएईबीचको खेल जारी छ । यूएईले टस हारेर ब्याटिङ गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया