समाचार सुन्नुहोस् :
काठमाडौं – निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथी परेको उजुरी छानबिन गरी आज (बिहीबार) अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ। आयोगले उम्मेदवारका बिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी यउम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रबि लामिछाने बिरुद्ध ४ वटा उजुरी परेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरे पछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो । उनी माथी परेको उजुरी माथि चितवन निर्वाचन कार्यलयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ ।