समाचार सुन्नुहोस् :
काठमाडौँ – सिक्किममा हिजो गएको हिमपहिरोमा तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । नाथुला नाका नजिकै गएको हिमपहिरोमा हिजो सात जनाको मृत्यु भएको थियो ।
सिक्किम सरकारका अनुसार १३ जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो । घाइते १३ जनामध्ये तीन जना नेपाली रहेको बताइएको छ । घाइते गीता सापकोटा, ज्योति गुरुङ र रमेश खनालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।