बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – जापानबाट नेपाललगायत विश्वका विभिन्न देशहरूमा रेमिट सेवा दिँदै आइरहेको ‘फोरेक्स रेमिट’ले अप्रिल महिनामा उपहार योजना सार्वजनिक गरेको छ । आफ्ना सेवा ग्राहीहरूलाई लक्षित गर्दै प्रत्येक महिना फरक फरक उपहार योजना सार्वजनिक गर्दै आएको फोरेक्सले अप्रिलमा साइकल उपहार सार्वजनिक गरेको हो ।

कम्पनीको बजार व्यवस्थापन विभागले अप्रिल महिनालाई लक्षित गरी आकर्षक साइकल सार्वजनिक गरेको छ । विभिन्न क्याम्पियन चलाउँदै आइरहेको कम्पनीले ‘फोरेक्ससँग तपाई, तपाईँसँग साइकल’ भन्ने नारासहित साइकल उपहार योजना सार्वजनिक गरेको हो । कम्पनीले जापानमा रहेका आफ्ना विभिन्न बैंक एकाउन्ट तथा जेपी कार्डमार्फत पैसा डिपोजिट गरी नेपाल पठाउने ग्राहकहरूमध्ये १ जना ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक साइकल उपहार दिने फोरेक्स रेमिटको मार्केटिङ विभागले जनाएको छ ।

समाजका हरेक सामाजिक कामहरूमा सक्रिय योगदान गर्दै आइरहेको कम्पनीले आफ्नो कम्पनीको नाममा रहेको फेसबुक पेज, फेसबुक, भाइवर, टिकटक लगायतका सञ्जालमा जोडिएर पनि रेमिट सेवा लिन सकिनेछ । जापानबाट ५० भन्दा बढी देशहरूमा सेवा दिँदै आएको फोरेक्सले नेपाल भने नेपालकै सर्वाधिक सञ्जाल भएको ipay Remit मार्फत भुक्तानी गर्दै आइरहेको छ ।

फोरेक्स रेमिटले जापानबाट नेपालमा पैसा पठाउँदा साझेदार कम्पनी ipay मार्फत  बैंकहरुमा तुरुन्तै जम्मा हुने र देशभर रहेका तीस हजारमाथि भुक्तानी काउण्टरबाट तुरुन्तै निकाल्न सकिने जनाएको छ।

तपाईको प्रतिक्रिया