समाचार सुन्नुहोस् :
काठमाडौँ – मन्त्रीको भागबण्डाको विषयमा कांग्रेसभित्रै रडाको भएको छ । संस्थापन समूहले इतर समूहलाई कम मन्त्रालय भाग दिन लागेपछि असन्तुष्टि बढेको हो ।
नेता शेखर कोइरालासहितका इतर समूहले सरकारमा सम्मानजनक सहभागिता नगराइए सरकारमा सहभागिता नजनाउने चेतावनी दिएका छन् । कोइराला समूहबाट उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतको बैठकले सम्मानजनक सहभागिता खोजेको हो ।
सहमहामन्त्री परियारले सम्मानजनक सहभागिता नभए आफूहरु सरकारमा नजाने चेतावनी दिए । कांग्रेसले ८ मन्त्रालय पाएकोमा शेखर पक्षबाट दुई जनाले मात्रै भाग पाएको बताइएको छ । जसमा उपसभापति गुरूङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने तयारी छ । कोइराला समूहले थप मन्त्रालय मागेको छ ।