Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौँ – रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । नगरपालिकाले गुट्खाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै यसबाट निस्कने फोहोरले नगर क्षेत्रको सौन्दर्यतामा समेत प्रतिकूल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको हरियाली प्रवद्र्धन तथा नगर सरसफाई अभियानको १०० औं श्रृंखलाको मूल समारोहबाट नगरक्षेत्रभित्र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिए । निर्णयको कार्यान्वयनका लागि चैत ७ गतेदेखि १५ दिनसम्मको समय दिएको बताउँदै उनले कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने बताए ।

निर्णयअनुसार नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार र तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना गरिनेछ । यसैगरी, खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना हुनेछ ।

तपाईको प्रतिक्रिया