काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ। वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आह्वान गरेका हुन् ।