Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौँ – भारतीय नेशनल काँग्रेसका नेता एवम सांसद राहुल गान्धीको संकट बढेको छ । २०१९ को लोकसभा निर्वाचनको समय दिएको एक अभिव्यक्तिको विषयमा गुजरातको सुरतस्थित अदालतले राहुल गान्धीलाई दोषी करार गरेपछि उनको मुश्किल बढेको हो ।

राहुल गान्धीलाई अदालतले दुई बर्षको सजाय सुनाएको छ । यसैबीच राहुल गान्धीलाई अदालतले जमानत दिएको छ । अहिले अदालतले राहुल गान्धीलाई सेसन कोर्टमा अपिल ३० दिनको समय दिएको उनका वकिलहरुले बताएका छन् ।

२०१९ मा कर्नाटकको कोलारमा राहुल गान्धीले ‘कसरी सबै चोरहरुको सरनेम मोदी भयो ?’ भन्ने अभियक्ति दिएका थिए । यसपछि भारतीय जनता पार्टीका बिधायक एवम गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले राहुल गान्धीविरुद्ध अदालतमा मुद्धा दायर गरेका थिए ।

 

तपाईको प्रतिक्रिया