समाचार सुन्नुहोस् :
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् । बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ । पौडेल गत २५ फागुनमा राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेट गरेका हुन् ।